फिस्टेल एकेडेमीमा ‘फिस्टेल युनिभर्सिटी फेयर २०२६’

केन्द्रभाग मिडिया

पोखरा १७ तल्लो बिरौटा, कास्कीमा रहेको फिस्टेल एकेडेमी स्कुलले ‘फिस्टेल युनिभर्सिटी फेयर २०२६’ सम्पन्न गरेको छ ।

शनिवार विद्यालयमा आयोजना भएको कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूले उच्च शिक्षा अध्ययनका लागि एकै ठाउँबाट विविध जानकारी प्राप्त गरे ।

‘घर त्यो हो, जहाँ भविष्य छ’ भन्ने मूल नाराका साथ सञ्चालित कार्यक्रमले उच्च शिक्षाका लागि नेपालमा रहेको सम्भाव्यतालाई उजागर गर्ने काम ग¥यो । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका डीन प्रा.डा.बालचन्द्र लुइँटेलले नेपाली विश्वविद्यालयमा विद्यार्थी घट्नुको कारण राज्यको अव्यवस्था र विश्वमा आइरहेको फरक सोँच हो भन्दै विश्वविद्यालयका कक्षाकोठादेखि प्रशासनसम्ममा पारदर्शीताको आवश्यकता रहेको विचार प्रस्तुत गरे ।

गण्डकी विश्वविद्यालयका उपकुलपति डा।कृष्णराज अधिकारीले नेपालका विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाउनुपर्ने, विश्वबजारले खोजेजस्तो जनशक्ति उत्पादनमा जोड दिनुपर्ने, पाठ्यक्रमलाई समयसापेक्ष परिमार्जन र परिवर्तन गर्नुपर्ने तथा पढाइलाई कमाइसँग जोड्नुपर्ने कुरामा जोड दिए ।

नेपाली विश्वविद्यालय तथा उच्च शिक्षालयहरूको वर्तमान अवस्था र आगामी योजना तथा नेपालमा उच्च शिक्षाको अवसर र चुनौती विषयक प्यानाल छलफलमा काठमाडौँ विश्वविद्यालयका डीन प्रा।डा। बालचन्द्र लुइँटेल, गण्डकी विश्वविद्यालयका उपकुलपछि डा।कृष्णराज अधिकारी, ला ग्रान्डी इन्टरनेसनल कलेजका प्रमुख ई। किरण के।सी।, काठमाडौँ विश्वविद्यालय व्यावसायिक शिक्षा केन्द्रका प्रमुख राजेन्द्र दाहाल तथा युलेन्स शिक्षा विकास केन्द्रका निर्देशक सञ्जय अधिकारी सहभागी भएका थिए । सो कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक ममता थपलियाले गरेकी थिइन् ।

कार्यक्रममा पोखरा इन्जिनियरिङ कलेज, पोखरा कलेज अफ मेनेजमेन्ट, ला ग्रान्डी इन्टरनेसनल कलेज, काठमाडौँ कलेज अफ मेनेजमेन्टलगायतले विद्यार्थी तथा अभिभावकहरूलाई आफ्ना कायर्यक्रमहरूका बारेमा अवगत गराएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनु रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी निर्वाणप्रसाद कर्माचार्यले पनि बोलेका थिए ।

  • २२ चैत्र २०८२, आईतवार १७:१४ प्रकाशित