पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार दीपेन्द्र श्रेष्ठ तथा सदस्य सन्देस श्रेष्ठलाई पितृ शोक परेको छ । श्रेष्ठका पिता ईटहरी ५,सुनसरी निवासी भीमबहादुर श्रेष्ठको ८० बर्षको उमेरमा आज (आइतबार) बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
विगत लामो समयदेखि नशा सम्बन्धि रोगबाट पिडित उनको बिहान आफनै निवासमा निधन भएको हो । श्रेष्ठद्धयका पिताले ईटहरीको सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउँदै आएको र उनको निधनले त्यस क्षेत्रको विकासमा अपुरणीय क्षती पुगेको स्थानीयले बताएका छन् । उनका श्रीमती नेत्रकुमारी, छोराहरु दीपेन्द्र, प्रदीप, सन्देश श्रेष्ठ र छोरीहरु नर्वदा,शर्मिला र बन्दना श्रेष्ठ रहेका छन् ।













