सेयर बजारमा ठुलो पहिरो : १०० अङ्कभन्दा बढीले घट्यो परिसूचक

केन्द्रभाग मिडिया

stock

काठमाडौं।

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा ठुलो पहिरो गएको छ। आज नेप्से परिसूचक १०५.५० अङ्कले घटेर २६७६.६८ विन्दुमा खुम्चिएको छ । यो गिरावटका कारण एकै दिन बजारको १ खर्ब ७९ अर्ब रुपैयाँ सम्पत्ति घटेको छ ।

बजार खुल्ने बित्तिकै सुरु भएको गिरावट अन्तिम समयसम्म कायम रहँदा लगानीकर्ताहरूमा निराशा देखिएको छ। परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

आज दिनभर ३४५ वटा कम्पनीको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर कुल १ लाख ४१ हजार ३६ पटक किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५७० रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बजारको ’ब्रेथ’ निकै कमजोर देखिएको छ।

  • २२ चैत्र २०८२, आईतवार १५:२३ प्रकाशित