एमालेले राष्ट्रिय सभाको उपाध्यक्षमा लीला भण्डारीलाई उठाउने

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमालेले राष्ट्रिय सभाको उपाध्यक्षमा राष्ट्रिय सभा सदस्य लीला कुमारी भण्डारीलाई उम्मेदवार बनाउने भएको छ ।

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ ।आज बसेको एमाले राष्ट्रिय सभा संसदीय दलको बैठकले भण्डारीलाई उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको सांसद सोमनाथ पोर्तेलले जानकारी दिए ।

यसअघि पनि एमालेकी विमला सुवेदी उपाध्यक्ष थिइन् । उनको ६ बर्से कार्यकाल पूरा भएपछि उपाध्यक्ष पद खाली रहेको थियो ।

  • २२ चैत्र २०८२, आईतवार १४:२४ प्रकाशित