कांग्रेस संसदीय दलको बैठक बस्दैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सोमबार बिहान ११ बजे सिंहदरवारमा बस्ने गरी दलको बैठक बोलाइएको हो ।

नेपाली कांग्रेसकी सांसद बासना थापाका अनुसार संसदीय दलको नेता चयन गनुपर्ने छ । संसदीय दलको बैठकको एजेण्डा भने भनिएको छैन । तर, संसदीय दलको नेता चयन गर्नुपर्ने बताइएको छ ।

अरु दलहरूले संसदीय दलको नेता चयन गरिसकेका छन् ।नेकपा एमालेले रामबहादुर थापालाई संसदीय दलको नेता चयन गरेको छ । नेपाली कम्युनिस्ट पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नै संसदीय दलको नेताको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन भएका छन् ।

तर, कांग्रेसले संसदीय दलको नेता चयन गरेको छ । कांग्रेस प्रतिनिधिसभाको दोस्रो ठूलो दल हो ।प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक पद हो । प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्य समेत हुन्छन् ।

  • २२ चैत्र २०८२, आईतवार १०:४४ प्रकाशित