पृथ्वी होटल व्यवसायी समिति र देवचुली होटल व्यवसायी संघ बीच अन्तरक्रिया

केन्द्रभाग मिडिया

पोखरा ।

पृथ्वी होटल व्यवसायी समिति र देवचुली होटल व्यवसायी संघमा आवद्ध व्यवसायी बीच पर्यटन प्रबर्धन सम्बन्धी अन्तरक्रिया भएको छ । गत शुक्रबार सम्पन्न अन्तरक्रियामा नवलपुरको देवचुली र पोखराका होटल व्यवसायीहरु बीच अनुभव आदानप्रदानलाई निरन्तरता दिनुका साथै पोखरा आएका पर्यटकलाई देबचुली र देबचुली पुगेका पर्यटकलाई  पोखराको बारेमा जानकारी गराउने समझ्दारी भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड, गण्डकीका सिनियर अफिसर युवराज गुरुङले पोखरा र गण्डकी प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रको महत्त्व र पर्यटनको भविष्यको बारेमा बोलेका थिए । उनले पर्यटकलाई आवश्यक पर्ने विभिन्न सल्लाह सुझाबका साथै पर्यटकलाई गुणस्तरीय सेवा दिनुपर्ने बताए । पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गरिरहेको उनले बताए ।

पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष मोती प्रसाद श्रेष्ठल नेपालमा पर्यटन बिकाशमा होटल व्यवसायीले दिएको योगदान तथा गुणस्तरीय पर्यटन सेवाका लागि ध्यान दिनु पर्ने विषयमा जानकारी गराए ।

कार्यक्रममा उपाध्यक्ष ऋषिराम पौडेलले स्वागत गरेका थिए भने संस्थाको बारेमा र पोखराको पर्यटन विकासका बारेमा संस्थाका पूर्वअध्यक्ष र सल्लाहकार बालकृष्ण न्युरेले आफ्नो भनाई राखेका थिए ।

देवचुली होटल संघको तर्फबाट बरिष्ठ उपध्यक्ष भोजराज उपाध्यायजीले देवचुली नगरपालिकाभित्रका पर्यटकीय र धार्मिक स्थल सम्बन्धी विभिन्न दिएका थिए । उक्त देवचुली नगरपालिका बिभिन्न वडाका वडाध्ध्यक्षसहित दुवै होटल समितिका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

  • २२ चैत्र २०८२, आईतवार ०८:१३ प्रकाशित