पोखरा ।
लमजुङमा यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गुमेको छ । ज्यान गुमाउनेमा मर्स्याङदी गाउँपालिका ७ उस्ता बस्ने ४० वर्षीया त्रिवेणी गुरुङ (गंगामायाँ) र सोही ठाउँकी ३५ वर्षीय पुष्पा घले रहेका छन् । उनीहरुको उपचारका क्रममा ज्यान गुमेको लमजुङ प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवत्ता, प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीका अनुसार दुर्घटनामा जिपमा सवार १२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भिर घाइते तीनजनालाई चितवन मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ । बाँकी सबैजनाको प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ ।
बेसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–७ ङाबी भन्ने ठाउँमा पौने ६ बजे दुर्घटनामा परेको हो । उकालो चढिरहेको जिप सडकबाट अन्दाजी ६० मिटरजति तल खसेको प्रहरकी निरीक्षक क्षेत्रीले जानकारी दिए ।
दुर्घटनामा घाइते
१. जिल्ला लमजुङ मर्स्याङदी गउाँपालिका ७ उस्ता बस्ने बस्ने बर्ष ३३ की रिता गुरुङ टाउकोमा चोट अवस्था मध्यम रहेको ।
२. ऐ.ऐ. बस्ने बर्ष ४० की बिमला देवी घले टाउकोमा चोट अवस्था मध्यम रहेको ।
३.ऐ.ऐ. बस्ने बर्ष ७ को सफल गुरुङ टाउको र छातीमा चोट अवस्था मध्यम रहेको । (चितवन मेडिकल कलेज पठाइएको)
४. ऐ.ऐ. बस्ने बर्ष ६२ को सन्त बहादुर घर्ती टाउको र ढाडमा चोट अवस्था मध्यम रहेको ।
५. ऐ.ऐ. बस्ने बर्ष ३१ को प्रकाश गुरुङ बायाँ खुट्टामा चोट अवस्था मध्यम रहेको । (चितवन मेडिकल कलेज पठाइएको)
६. ऐ.ऐ. बस्ने बर्ष २९ को जिप चालक करण अधिकारी टाउको र घाँटीमा चोट अवस्था मध्यम रहेको ।
७. ऐ.ऐ. बस्ने बर्ष ११ को रितेश गुरुङ दायाँ हात र छातीमा चोट अवस्था मध्यम रहेको ।
८. ऐ.ऐ. बस्ने बर्ष बर्ष १० की प्रिसिका गुरुङ टाउको र छाता चोट अवस्था मध्यम रहेको ।
९. ऐ.ऐ. बस्ने बर्ष ३८ को सोमलाल तामाङ घाँटी र ढाडमा चोट अवस्था मध्यम रहेको।
१०. ऐ.ऐ. बस्ने बर्ष १२ को बिवान घले दायाँ हातमा चोट अवस्था सामान्य रहेको ।
११. ऐ.ऐ. बस्ने बर्ष ९ को इन्द्र गुरुङ अवस्था सामान्य रहेको ।
१२. ऐ.ऐ. बस्ने बर्ष ४८ को रुद्रमान घले दायाँ हातमा चोट अवस्था सामान्य रहेको उपचार भईरहेको ।













