फेवा किनारका अतिक्रमित अस्थायी संरचनामा चल्यो डोजर

केन्द्रभाग मिडिया

 

पोखरा ।

फेवाताल किनारमा रहेका मापदण्ड विपरीतका अस्थायी संरचनामा पोखरा महानगरको डोजर चलेको छ ।

व्यवसायी कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्टको स्विमिङ पुल, गेट र पर्खाल सहितका अस्थायी संरचनामा डोजर चलेको हो । बिहान साढे चार बजेदेखि नै प्रहरी परिचालन गरेर अतिक्रमित अस्थायी संरचनाहरू भत्काउन थालिएको हो ।

गृह मन्त्रालयको निर्देशन अनुसार शनिबार बिहानैदेखि तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचना भत्काउन थालिएको हो ।

जिल्ला प्रहरी कार्यालय, बैदाम प्रहरी, नगर प्रहरी र सशस्त्र गरी झण्डै डेढ सय प्रहरीलाई फिल्डमा खटाइएको कास्की प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) हरीबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार कुनै ठुलो अवरोध नभए पनि केही स्थानीयले सामान्य असहमति जनाएका छन् ।

संरचना भत्काउन मध्यरातमा काठमाडौँबाट निर्देशन आएको थियो । त्यसकै आाधारमा प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरेको थियो । मध्यराति नै पोखरा महानगरसँग प्रहरीले समन्वय गरेको हो ।

पोखराका पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार हटाइएका सबै सबै अस्थायी संरचना हुन्।। उनले संरचना हटाएपनि मुआब्जा पाउनुपर्ने जग्गाधनीलाई समस्या नहुने बताएका छन् ।

 

 

  • २१ चैत्र २०८२, शनिबार ०९:३० प्रकाशित