आज यी स्थानमा हावाहुरीसहित वर्षा र हिमपात हुने सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।
हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो देशको हिमाली भू(भागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षारहिमपात तथा सुदूरपश्चिम प्रदेशका तराईलगायत बाँकी हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना  छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ ।

आज राति देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागलगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा र हिमपात तथा बाँकी पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • २१ चैत्र २०८२, शनिबार ०७:५७ प्रकाशित