काठमाडौं ।
नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । अहिले दिउँसो पार्टी मुख्यालय च्यासलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बैठक सुरु भएको हो ।
यसअघि बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलको नेता समेत रहेका बादलले दिएको अभिव्यक्तिको एमालेभित्र चर्को आलोचना सुरु भएको छ ।
सचिवालयकै कतिपय नेताले बादलको अभिव्यक्तिको आलोचना गरिरहेका छन् । अर्का उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्तिमा असन्तुष्टि जनाउँदै हिजो नै आज सचिवालय बैठक बस्ने र बैठकमा बादलले दिएको अभिव्यक्तिमाथि छलफल हुने बताएका थिए ।













