काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्याय पाउने पहिलो हक सहिदका आमालाई भएको बताएका छन् । संसद् भवन सिंहदरबारमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहिद परिवारलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताए ।
‘न्याय पाउने हक पहिला सहिदको आमालाई छ । हतारो त आफ्ना कलिला बालबालिका गुमाएका आमाहरूलाई छ होला नि । न्यायको हक सबैलाई छ । तर पहिलो हक सहिद परिवार, घाइतेहरूको हो’, उनले भने ।
प्रतिशोध राखेर पूर्वप्रधानमन्त्री केपी ओली र गृहमन्त्रीलाई पक्राउ गरेको विषयमा प्रश्न गर्दा रविले यस विषयमा आम नागरिकले नियालिरहेको बताए । ‘यस विषयमा आम नागरिकले नजिकबाट हेरिरहेका छन् । हामी पब्लिक अडिटमा छौँ’, उनले भने ।













