आज चट्याङसहित वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

आज दिउँसो हिमाली र पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना छ । मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हुरीको समेत सम्भावना छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना छ ।

  • २० चैत्र २०८२, शुक्रबार ०८:५४ प्रकाशित