एमाले सचिवालय बैठक बस्दै, बादलको सम्बोधनको विषयमा के होला छलफल ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । प्रतिनिधिसभाको बिहीबारको पहिलो बैठकमा कार्यावाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को अभिव्यक्तिलाई लिएर केही पदाधिकारीको दबाबमा आकस्मिक सचिवालय बैठक बोलाइएको हो । सचिवालय बैठक दिउँसो १ बजेलाई तय गरिएको छ ।

बादलको अभिव्यक्ति शैली संसदीय मर्यादाविपरीत रहेको भन्दै एमालेमा आन्तरिक आलोचना बढेको बेला बोलाइएको सचिवालय बैठकलाई चासोका साथ हेरिएको छ । उपाध्यक्ष पौडेलले आजको बैठकले गम्भीर छलफल गर्ने र उचित निर्णय लिने अपेक्षा गरेको बताएका छन् ।

उपाध्यक्ष विष्णु पौडैलले बादलले बोलेको विषयमा पार्टीको नीति र मान्यताविपरीत रहेको प्रष्ट्याएका छन् । त्यस्तै अर्का उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले पनि बादलको प्रस्तुतिप्रति आलोचना गरेका छन् ।

 

  • २० चैत्र २०८२, शुक्रबार ०८:१७ प्रकाशित