सुर्खेत ।
सुर्खेत प्रहरीले यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय सुर्खेतबाट १६ जना बिचौलियालाई पक्राउ गरेको छ ।
बिहीबार बिहान ११ः३० बजेको समयमा वीरेन्द्रनगर स्थित यातायात व्यवस्था कार्यालय १० जना महिला र मालपोत कार्यालय सुर्खेतबाट ६ जना पुरुष गरी जम्मा १६ जना बिचौलिया पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, उनीहरुले सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिन्छु, जग्गा नामसारी तथा भू– सेवाका कार्य गरिदिन्छु भनी रकम लिइ बिचौलियाको काम गरिरहेका थिए ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लगी थप अनुसन्धान भइरहेको उनले बताए ।
यातायात व्यवस्था कार्यालय सुर्खेतबाट पक्राउ पर्नेमा वीरेन्द्रनगर न.पा.१ प्रगतिशील टोल बस्ने वर्ष ३६ को दीपक बहादुर बिक, सोही ठाउँका वर्ष ६२ को इन्द्र बहादुर शाही, सोही ठाउँका वर्ष ३३ का प्रदिप खड्का, लेकवेशी नगरपालिका ३ बस्ने वर्ष ३७ को रमेश दमाई, वर्ष २८ को हरिप्रसाद देवकोटा, वर्ष ३२ को प्रभाकर शर्मा गौतम रहेका छन् ।
मालपोत कार्यालय सुर्खेतबाट वर्ष ३२ कि रोशमी तिवारी, वर्ष २५ कि लक्ष्मी शाही, वर्ष ३८ कि कुसुम बुढा क्षेत्री, वर्ष ३४ कि पार्वती योगी, वर्ष ३५ कि पवित्रा न्यौपाने, वर्ष ३१ कि दुर्गा शाही, वर्ष २३ कि सम्झना योगी, वर्ष १८ कि रोशनी शाही, वर्ष ३८ कि निर्मला योगी र वर्ष २० की गीता सुनार रहेकी छिन् ।













