संसद्को पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचनपछि प्रतिनिधिसभाको आज बस्ने पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन नगर्ने भएका छन् । यसअघि प्रचण्डले सम्बोधन गर्ने बताइएको थियो ।

पार्टीको तर्फबाट नेता वर्षमान पुनले सम्बोधन गर्ने केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले जानकारी दिए । पहिलो दिनको बैठकमा शुभकामना मात्रै दिने भएकाले पार्टीको तर्फबाट पुनले सम्बोधन गर्ने आचार्यले बताए ।

  • १९ चैत्र २०८२, बिहीबार १२:५९ प्रकाशित