पोखरा ।
आज अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च भाउ स्थिर रहँदा अन्य विदेशी मुद्राको भाउ भने घटबढ् भएको छ । आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहितका विदेशी मुद्राको भाउ बढेको छ । तर, बहराइन दिनारसहित केही मुद्राको भाउ भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।
त्यसैगरि आज युरो १ को खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३६ पैसा छ। हिजो युरो १ को खरिददर १७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर २०२ रुपैयाँ ४० पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ०६ पैसा र बिक्रीदर २००रुपैयाँ ८५ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ २१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६२ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ १० पैसा र बिक्रीदर १०५ रुपैयाँ ५१ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४९३ रुपैयाँ ६९पैसा र बिक्रीदर ४९५ रुपैयाँ ६५ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ३२ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४०२ रुपैयाँ ७० पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ४०१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४०३ रुपैयाँ २९ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।












