आन्तरिक उडानको भाडामा भारी बृद्धि, पोखरा–काठमाडौको ६३०५ रुपैयाँ

केन्द्रभाग मिडिया

पोखरा ।

हवाई इन्धनको मूल्यमा भएको अस्वाभाविक वृद्धिसँगै आन्तरिक उडानको भाडादर झण्डै दोब्बरले बढेको छ । नयाँ भाडादर अनुसार अब पोखराबाट काठमाडौं पुग्न ६ हजार ३०५ रुपैयाँ खर्चिनुपर्ने भएको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा ९८ प्रतिशतसम्म वृद्धि गगरेसंगै वायुसेवा सञ्चालकहरूले ‘फ्युल सरचार्ज’ मा भारी वृद्धि गरेका हुन् । आयल निगमले प्रतिलिटर १२७ रुपैयाँमा बिक्री भइरहेको इन्धनलाई एकैपटक २५१ रुपैयाँ कायम गरेपछि हवाई सेवा प्रदायकहरूले बुधबार बिहान १ बजेदेखि नै लागू हुने गरी नयाँ भाडासूची सार्वजनिक गरेका हुन् ।

आन्तरिक उडामा सबैभन्दा धेरै काठमाडौं–धनगढी एकतर्फी यात्राका लागि १५ हजार ६६५ रुपैयाँ पर्नेछ ।

 

  • १८ चैत्र २०८२, बुधबार १८:२९ प्रकाशित