पोखरा ।
हाल नेपालमा भारतको उत्तर प्रदेशमा अवस्थित न्यूनचापीय क्षेत्र, पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, पहाडी तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा रहिमपातको सम्भावना छ ।













