पोखरा ।
पोखरामा अबैध ‘ट्रान्स पार्टी’ मा सहभागी ३८ जनालाई विभिन्न लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ । पोखरा १८ सेदी माथिको जंगलबाट उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको हो । कास्की प्रहरीका अनुसार गोप्य सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागुऔषध नियन्त्रण व्यूरो, शाखा कार्यालय पोखराको संयुक्त टोलीले विहान १ः३० बजे उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले ‘ट्रान्स पार्टी’ स्तलबाट एमडीएमए, चरेस, कोकिनजस्तो देखिने सेतो धुलो, खैरो हेरोइन जस्तो पदार्थ, ‘आइस’ (एम्फेटामिन जस्तो देखिने पदार्थ), गाँजा, म्याजिक मसरुम, एलएसडी (लाइसर्जिक एसिड डाइथाइलामाइड) कागज र तरल फेला परेको जनाएको छ । प्रहरीले पक्राउ परेका ३८ जनामध्ये १२ जनालाई मुद्दा चलाउने निष्कर्ष निकालेको छ भने बाँकी २६ जनालाई भने सोधपुछ गरेर छाडेको छ ।
मुद्दा चलाइएकामा भारतीय नागरिक ३१ वर्षीया श्रृष्टी चन्द र ३५ वर्षीय अनुभव शर्मा छन् । यस्तै पोखरा–६ का २७ वर्षीय विशाल परियार, पोखरा–५ प्रस्याङका २५ वर्षीय आशिष दर्जी, पोखरा–६ का ३२ वर्षीय बमेन्द्र पुन, दाङका २९ वर्षीय सौरभ महरा, काठमाडौंका २१ वर्षीय निकुञ्ज कार्की, ३१ वर्षीय सक्षम कोइराला, ३१ वर्षीय रोशन अधिकारी, २८ वर्षीय विवेक परियार र २६ वर्षीय सौरभ भनिने लोकबहादुर घर्तीमगर र ब्राजिलका नागरिक ४८ वर्षीय चार्ल्स गुवाइवामाथि मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।











