नोटबन्दी नगर्ने अर्थमन्त्रीको स्पष्टोक्ति

केन्द्रभाग मिडिया

काठमाडौं ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा नोटबन्दी नगर्ने स्पष्ट पारेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि पनि नोटबन्दी गर्नुपर्ने आवाज सतहमा आएपछि मन्त्री वाग्लेले त्यो उपयुक्त विकल्प नभएको स्पष्ट हुन् ।

केही नीति निर्माण तहका अधिकारीले पनि नोटबन्दीलाई भ्रष्टाचार नियन्त्रणको विकल्पको रुपमा सुझाउने गरेका थिए । तर, जेनजी आन्दालेनपछि करिब दुई तिहाइको जनादेश पाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उप–सभापति समेत रहेका वाग्लेले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा यस्तो स्पष्ट पारेका हुन् ।

मन्त्री वाग्लले समाजिक सञ्जाल एक्समा नोटबन्दी गर्न सुझाउनेलाई आफूले त्यसो नगर्ने स्पष्ट पारेका हुन् । नोटबन्दीको सन्दर्भ पहिलेदेखि नै उठे पनि विगतका सरकार समेत सकारात्मक देखिएका थिएनन् ।

नोटबन्दी गर्न सुझाउने अधिकारीहरूले अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम औपचारिक अर्थतन्त्रमा आउन सक्ने तर्क गर्दै आएका छन् । यसअघि वि.सं. २०७३ कात्तिक २३ गते भारतले कालो धन बाहिर ल्याउने भन्दै नोटबन्दी गरेको थियो । तर, त्यसले अर्थतन्त्रलाई थप क्षति पुर्‍याएको तर्क हुने गरेको छ ।

  • १७ चैत्र २०८२, मंगलवार १५:४३ प्रकाशित