पोखरा १३ मियापाटनकी जेनिसा धनुषाको एक होटलमा मृत भेटिइन्

केन्द्रभाग मिडिया

symbolic picture

जनकपुरधाम ।

धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरको एक होटलमा युवती मृत फेला परेकी छन् । जुन तारा स्टापलाइन होटलमा पोखरा महानगरपालिका १३ मियापाटनकी २३ वर्षीया जेनिसा विक मृत भेटिएकी हुन् ।

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार आज बिहान ११ बजेतिर उनी ढल्केवरको जुन तारा स्टापलाइन होटेलमा मृत फेला परेको खबर आएको थियो । उनी त्यही होटेलमा काम गर्ने बताइएको छ ।

आज बिहान साढे ८ बजेतिर आमा सीता विकसँगै उनी होटेलमा पुगेकी थिइन् । होटेलको काउन्टरनजिकै लडेको अवस्थामा उनी मृत फेला परेको प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । मृत्युको कारण अहिलेसम्म खुलेको छैन ।

शव पोस्टमार्टमको लागि बर्दिबास अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

  • १७ चैत्र २०८२, मंगलवार १५:३४ प्रकाशित