‘बोर्डर पट्रोलिङ’ मजबुत र कडा बनाउन गृहमन्त्रीको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङले सशस्त्रका आईजी राजु अर्यालसँग छलफल गरेका छन् ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पुगेर गुरुङले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती ‘बोर्डर पट्रोलिङ’ कडा बनाउनेबारे छलफल गरेका हुन् ।तस्करी नियन्त्रण गर्न सीमा गस्ती कडा बनाउन गुरुङले सशस्त्र प्रहरीका आईजीलाई निर्देशन दिएका छन् ।

छलफलमा सशस्त्रका उच्च पदस्थ अधिकारीहरू सहभागी रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । अन्य सुधारको विषयमा पनि छलफल भएको छलफलमा सहभागी एक जना अधिकृतले बताए ।

गृहमन्त्री गुरुङ मंगलबार निरीक्षण गर्न हलचोक स्थित सशस्त्र प्रहरी मुख्यालयमा पुगेका हुन् । सशस्त्रका उच्च अधिकृतहरूसँगको बैठकमा विपद् व्यवस्थापनका लागी आवश्यक पूर्वतयारीबारे पनि छलफल भएको छ ।

विपद् व्यवस्थापनमा आवश्यक रणनीति, स्रोत व्यवस्थापन र समन्वयबारे छलफल भएको सशस्त्रका अधिकृतहरू बताउँछन् ।

  • १७ चैत्र २०८२, मंगलवार १५:२२ प्रकाशित