ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा रिहा गर्न सर्वोच्चको अस्वीकार

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्चले सरकारलाई कारण देखाउ आदेश जारी गर्दै बन्दीपैत्यक्षीकरण निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

न्यायाधीश मेघराज पोखरेलको इजलासले यस्तो आदेश गरेको हो । यसअघि सर्वोच्चले पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको निवेदनमा पनि कारण देखाउ आदेश जारी गरेको थियो । अदालतले उनीहरुलाई पक्राउ गर्नुको कारणसहित बहसका लागि अदालत उपस्थित हुन सरकारी पक्षलाई पनि भनेको छ ।

ओलीका तर्फबाट श्रीमती राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् । शनिबार प्रहरीले २३ र २४ भदौको घटनामा छानबिनका लागि ओली र लेखललाई पक्राउ गरेको थियो । त्यसविरुद्ध परिवारले सर्वोच्चमा गैरकानुनी रुपमा थुनामा राखेको भन्दै निवेदन दिएको थियो ।

  • १६ चैत्र २०८२, सोमबार १८:३६ प्रकाशित