पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वमन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको विभागका एक जना अधिकृतले बताए ।

विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो । गएराति साढे १२ बजेतिर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो । निरन्तर बान्ता भएपछि नर्भिक अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो ।

अहिले शिक्षण अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अनुसन्धानमा संलग्न विभागका एक जना अधिकृतले बताएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्का विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

  • १६ चैत्र २०८२, सोमबार ११:०६ प्रकाशित