ओलीको रिहाइको माग गर्दै एमालेले बुझायो ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीको रिहाइको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । ओलीको रिहाइको माग गर्दै एमाले जिल्ला कमिटीले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।

गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई शनिबार निवासबाटै प्रहरीले पक्राउ गरेपछि एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

ललितपुर र काठमाडौँमा नारा जुलुससहित प्रशासन कार्यालय पुगेर एमालेले ज्ञापनपत्र बुझाएको थियो । सो क्रममा एमालेका नेता कार्यकर्ताले प्रशासन कार्यालय बाहिर धर्ना समेत दिएका थिए ।

  • १५ चैत्र २०८२, आईतवार १४:५७ प्रकाशित