अभियोग फिर्ता विरुद्धको रविको मुद्दामा सुनुवाइ सुरू, आजै फैसलाको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।

रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको मुद्दा आज पनि पेसी चढेको छ ।

‘हेर्दाहेर्दै’ रहँदै आएको उक्त मुद्दामा आज सर्वोच्च अदालतले फैसला गर्ने तयारी गरेको स्रोतले जनाएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार दुई तर्फी बयान सकिएको अवस्थामा फेरि पनि मुद्दा लम्ब्याउनुपर्ने कारण नभएकोले सम्भवतः आज कुनै न कुनै फैसला आउने भएको हो ।

उक्त मुद्दा न्यायाधीशहरु विनोद शर्मा र अब्दुल अजीज मुसलमानको बेञ्चमा छ ।

अधिवक्ताहरु दिनेश त्रिपाठी, आभास रेग्मी, युवराज पौडेलसहितले अभियोग संशोधन प्रचलित कानूनविपरीत रहेको भन्दै रिट दायर गरेका थिए ।

  • १५ चैत्र २०८२, आईतवार १२:४९ प्रकाशित