कमल थापाको टिप्पणी ‘बालेन सरकार पूर्वाग्रहको बाटोमा लाग्यो’

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारले गरेको गिरफ्तारप्रति राप्रपा नेता एवं पूर्वगृहमन्त्री कमल थापाले आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमाार्फत् थापाले बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको टिप्पणी गर्दै आपत्ति जनाएका हुन् । उनले अहिले द्वन्द्व र मुठभेड कसैको प्राथमिकतामा हुन नहुने भन्दै सुशासन र समृद्धिका लागि कानूनी राज्यको पालना, आपसी मिलाप र एकता पहिलो सर्ता भएको बताएका छन् ।

थापाले लेखेका छन्, ‘सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ । वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन । वास्तवमा, सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त हुन् ।’

 

  • १४ चैत्र २०८२, शनिबार ०७:२९ प्रकाशित