काठमाडौं।
नवगठित बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषदमा अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले दोस्रो वरीयता पाएका छन् । रास्वपाका उपसभापति समेत रहेका वाग्ले पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्दा उनको वरीयता दोस्रो कायम रहेको हो ।
त्यस्तै, गृहमन्त्रीको जिम्मेवारी पाएका सुदन गुरुङ तेस्रो वरीयतामा रहेका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाइ जनमत पाएपछि रास्वपाले शाहको नेतृत्वमा एकल बहुमतको सरकार बनाएको हो ।
शाहले शुक्रबार राष्ट्रपतिबाट प्रधानमन्त्रीको शपथ लिए लगत्तै १५ सदस्यीय मन्त्रीमण्डल गठन गरेका हुन् । शाहले आफ्नो मन्त्रिमण्डलमा उपप्रधानमनत्री भने राखेका छैनन् ।













