काठमाडौं ।
काठमाडौँ–६ बाट निर्वाचित शिशिर खनाल परराष्ट्र मन्त्री बन्ने भएका छन् । रास्वपा अन्तर्राष्ट्रिय विभागका प्रमुख उनलाई पार्टीले मन्त्री बनाउने टुंगो लगाएको हो ।उनी यसअघि शिक्षामन्त्री बनिसकेका छन् । उनको आजै शपथ हुनेछ ।
यस्तै रास्वपा सरकारमा बिराज भक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छन् ।उनी काठमाडौँ ८ बाट निर्वाचित सांसद हुन् । श्रेष्ठ यसअघि पनि खेलकुदमन्त्री भइसकेका छन् ।













