पोखरा ।
हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो देशको हिमाली भूभागमा अधिकांश बादल तथा पहाडी र तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका धेरै स्थानहरूमा, बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन/ चट्याङ्/हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
आज राति देशको हिमाली भूभागमा अधिकांश बादल तथा कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा तराई भूभागको एक-दुई स्थानमा मेघगर्जन / चट्याङ/हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।













