पोखरा ।
अमेरिकी डलरको भाउ आज (शुक्रबार) स्थिर छ । हिजो (बिहीबार) हालसम्मकै महँगो बनेको अमेरिकी डलर महंगै भाउमा स्थिर रहेको हो । आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरि आज युरो १ को खरिददर १७३ रुपैयाँ २४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९३ पैसा छ । हिजो युरो १ को खरिददर १७४ रुपैयाँ १७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८७ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ३० पैसा र बिक्रीदर २०१ रुपैयाँ १० पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ ११ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३५ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०२ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ३४ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४८९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ८५ पैसा थियो । आज बहराइन दिनार १ को खरिदर ३९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ०७ पैसा छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।













