काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई आज प्रधानमन्त्री नियुक्त गरिँदैछ । आजै उनको शपथग्रहणको कार्यक्रम समेत तय भएको छ । यससंगै देशले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ ।
नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ ।
शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ ।
बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराइसकेका छन् ।













