काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक केही बेरमा सुरु हुँदैछ । बिहीबार नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण पश्चात् केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
शपथ ग्रहण पश्चात् रास्वपाका केन्द्रीय समितिका सदस्यहरू पार्टी केन्द्रीय कार्यालय वनस्थली (घण्टीघर)आउने क्रम जारी छ। त्यस लगत्तै ५ बजे संसदीय दलको बैठक बस्ने पार्टीका प्रवक्ता मनिष झाले बताए । बैठकले बालेन शाहलाई संसदीय दलको नेता चयन गर्नेछ ।













