आज १४ अंक बढ्यो सेयर बजार

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक नेप्से २९५० अंकमा कायम भएको छ ।

बजार बढ्दा पनि कारोबार रकम घटेको छ, अघिल्लो दिन १५ अर्ब ९ करोडको कारोबार भएकोमा आज १३ अर्ब १६ करोडको कारोबार भएको छ । १७८ कम्पनीको मूल्य बढ्दा ८० को घट्यो भने ८ को स्थिर रह्यो ।

  • १२ चैत्र २०८२, बिहीबार १५:३३ प्रकाशित