मिसाइलको अवशेष खस्दा अबुधाबीमा दुई जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

अबुधाबी ।

संयुक्त अरब इमिरेट्सको आबुधाबीमा ब्यालिस्टिक मिसाइलको अवशेष खस्दा दुई जनाको ज्यान गएको छ ।

स्थानीय प्रशासनका अनुसार उक्त अवशेष शहरको पूर्वी क्षेत्रमा पर्ने स्वीहान स्ट्रिटमा खसेको थियो । यसले थप तीन जनालाई घाइते बनाउनुका साथै केही सवारी साधनमा क्षति पु(याएको बताइएको छ । मृतकहरूको पहिचान भने अझै खुलाइएको छैन ।

पश्चिम एशियामा जारी द्वन्द्वका बीचमा इरानले यूएईमाथि व्यापक प्रतिकारात्मक आक्रमण गरिरहेको छ ।

बिहीबार बिहानैदेखि इरानी मिसाइल र ड्रोनहरू अवरोध गरिएको जानकारी अधिकारीहरूले दिएका छन् । घटनाको क्रममा रातभर अबुधाबीमा ठूलो विस्फोटजस्ता आवाजहरू सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । एजेन्सी

  • १२ चैत्र २०८२, बिहीबार १४:५० प्रकाशित