रास्वपाको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । रास्वपाले आज दिउँसो ४ बजेका लागि केन्द्रीयसमिति बैठक बोलाएको हो । बैठकपछि संसदीय दलको बैठक बसेर बालेन्द्र शाहलाई दलको नेता चयन गरिने जनाइएको छ ।

बैठकमा रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्न लागेको जनाएको छ । नवनिर्वाचित सांसदहरूले आज संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन्द्र साह बालेनलाई नेता चयन गर्ने छ ।

संसदीय दलको नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई धारा ७१ (१) बमोजिम गठन हुने सरकारमा प्रधानमन्त्रीको नाम पठाउने पार्टीको तयारी छ ।

आज संसदीय दलको नेता चयन भएपछि भोलि शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी भइसकेको छ ।

  • १२ चैत्र २०८२, बिहीबार ०८:२३ प्रकाशित