काठमाडौं ।
पूर्व सांसद गोबिन्द विक्रम शाहको निधन भएको छ। जिल्ला अस्पताल जाजरकोटमा उनको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
शाह २०५६ सालमा जाजरकोट जिल्ला क्षेत्र नं। १ बाट विजयी भएका थिए। पछिल्लो समय उनी राप्रपाको राजनीतिमा सक्रिय थिए ।













