काठमाडौं ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये सबैभन्दा ज्येष्ठ सदस्य आर्जुननरसिंह केसीलाई आज पद तथा गोपनीयताको शपथ गराइने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ जेष्ठ सदस्य केसीलाई शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् ।
ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभामा निर्वाचित सांसदलाई यही १२ चैतको बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।













