काठमाडौं ।
स्थानीयले हुलाकी राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले बर्दियामा गोली चलाएको छ । प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेपछि हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी प्रमेश विष्टले जानकारी दिए ।
३–४ दिनअघि दुई जना युवक मादक पदार्थ सेवन गरेर घरमा गएका र पछि बिरामी परेका थिए । उपचारको क्रममा उनीहरूको मृत्यु भएपछि स्थानीयले गणेशपुरमा सडक अवरुद्ध गरेर क्षतिपूर्तिको माग गरेका हुन् ।
उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको आशङ्का गरिएको छ । उनीहरूको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।













