आज साढे २९ सय नाघ्यो नेप्से परिसूचक

केन्द्रभाग मिडिया

काठमाडौं ।

मंगलबार पनि सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ । नेप्से परिसूचकमा आज दोहोरो अंकको सुधार आएसँगै बजारले साढे २९ सयको विन्दु पार गरेको छ । आज नेप्से परिसूचक २०.७० अंकले बढेर २९५७.२६ विन्दुमा पुगेर बन्द भएको छ । बजार खुलेसँगै केही उतारचढाव देखिए पनि अन्तिम समयमा बजारले सुखद अन्त्य गरेको हो ।

बजार सूचकसँगै कारोबार रकम समेत उल्लेख्य छ । दिनभर भएका १ लाख २५ हजार कारोबारमार्फत ३४१ वटा कम्पनीको ३ करोड ५४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा कूल १४ अर्ब ५८ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजारमा आज कुल ११६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ वटा कम्पनीको मूल्य घटेको छ । त्यस्तै १३ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो ।
आज तीनवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

विशाल बजार कम्पनी, सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन् ।

  • १० चैत्र २०८२, मंगलवार १५:४१ प्रकाशित