काठमाडौं ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका चार जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।
निकुञ्ज भ्रमणमा गएका चार जना सोमबार राति अबेरसम्म पनि नर्फिएको भन्ने खबर पाएपछि सेनाले खोजी सुरु गरेको थियो ।सो क्रममा निकुञ्ज सुरक्षार्थ चन्दननाथ गणको टोलीले उनीहरूलाई रातिको ९ बजे फेला पारेको थियो ।
निकुञ्जबाट उद्धार गरिएका उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइएको सेनाले बताएको छ ।














