१५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने कांग्रेस सभापति थापाको प्रस्ताव

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव पेस भएको छ । सभापति गगन थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आगामी भदौ २४, २५, २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका हुन्।

सभापति थापाले क्रियाशील सदस्यता वितरण र चैत २१ गतेदेखि चैत मसान्तसम्म अद्यावधिक विशेष अभियान चलाउने, वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने प्रस्ताव गरेका छन् ।

जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाउने र असा १५ गतेसम्म केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी टुंग्याउने तयारी कांग्रेसको छ ।

सभापति थापाले महाधिवेशनको गाडी आफूले हांकेको र अब त्यो गाडि पछि नहट्ने जिकिर गरे ।अब हुने महाधिवेशनमा सहभागी हुने क्रममा को विशेष महाधिवेशनमा सहभागी भयो वा को भएन भन्ने कुरालाई लिएर मनमा राख्न नहुने पनि बताए ।
‘मैले सभापतिको रुपमा गाडी हाँकेँको छु । अब यो गाडी रोकिंदैन । मैले भनेँ, यो गाडीमा अब को विशेष अधिवेशनमा हुनुहुन्थ्यो र को हुनुहुँदैन थियो भन्ने कुराबाट कुनै पूर्वाग्रह पनि हुँदैन,’ सभापति थापाले भने, ‘मैले उपसभापति र केही नेताहरूसँग आग्रह पनि गरेको छु । हामी सबैलाई सहभागी गराएर त्यसलाई अघि बढाएर लैजान्छौं ।’

  • १० चैत्र २०८२, मंगलवार १४:४९ प्रकाशित