कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने बताए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए ।

यसअघि आइतबार तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत सहित ६ बुँदे निर्णय गरेको थियो ।

  • १० चैत्र २०८२, मंगलवार १०:५२ प्रकाशित