आज गण्डकीसहित यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव छ । अहिले (मंगलबार) विहान कोसी प्रदेशलगायत देशका पहाडी र हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल छ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी र हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहने छ । कोसी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान साथै कोसी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

यस्तै राति देशका हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ र पहाडी भेगमा आंशिक बादल लाग्नेछ तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान तथा बाँकी हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना छ ।

 

  • १० चैत्र २०८२, मंगलवार ०८:३७ प्रकाशित