काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन नेकपाका संयोजक प्रचण्डका पुत्रीहरू रेनु दाहाल र गंगा दाहाल गुन्डु पुगेका छन् ।
ओलीका पिता मोहनप्रसाद ओलीको फागुन २९ गते ९७ वर्षको उमेरमा निधन भएको थियो । रेनुले पिता मोहनप्रसादलाई श्रद्धाञ्जली र केपी ओलीलाई समवेदना दिन सोमबार गुन्डु पुगेको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीज्यूका बुवा मोहनप्रसाद ओलीज्यू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’













