काठमाडौं ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने बताए ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए ।यसअघि आइतबार तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत सहित ६ बुँदे निर्णय गरेको थियो ।













