काठमाडौं ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ५.०१ अङ्कले बढेर २,९३६.५६ विन्दुमा पुगेको हो ।
यस दिन कुल ३४२ कम्पनीका ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर १ लाख ५६ हजार ३८१ पटक किनबेच हुँदा कुल १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्य ओरालो लागेको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। आज चार वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।














