पोखरा ।
पोखरा महानगरपालिका वडा नं १३ आर्बा स्थित श्री रतन पाण्डे माविको भूतपूर्व विद्यार्थी मञ्चको दोस्रो अधिबेशनबाट सुरेन्द्रप्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।
मञ्चको शनिबार भएको अधिवेशनबाट सचिवमा ऋषिराज बराल, सह सचिवमा बिनमबन्धु बराल र कोषाध्यक्ष मा सन्तबहादुर थापा चयन भए भने सदस्यहरुमा प्रकाश बराल, ममता बराल, प्रविन बराल, निशा देबकोटा, दिपेन्द्र सुनार तथा सन्तोष सुनार छानिएका छन । बाँकी आवश्यक पदहरूमा पछि मनोनयन गरिने बताईएको छ ।
यज्ञबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद बराल, गायक अमर धिताल लगायतले बोलेका थिए ।कार्यक्रममा भूतपूर्व विद्यार्थीहरू ,पूर्व प्र अ ,विद्यालयका शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।
बिक्रम सम्वत २०१४ सालमा स्थापित रतन पाण्डे मावि आर्बाको शिक्षा क्षेत्रमा अमूल्य योगदान रहेको छ। हजारौं ले अध्ययन गरेको यो बिद्यालय कास्की जिल्लाकै पुरानो तथा चर्चामा रहेको विद्यालयहरूमा पर्दछ । गुणस्तरीय शिक्षा साथै विद्यालयलाई नमूना बनाउन सबैको सकारात्मक भूमिका रहनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।














