काठमाडौं ।
आइतबार सेयर बजार ५४.५१ अंक बढेको छ ।
सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३१ अंकमा कायम भएको छ । यो अंक करिब ८ महिनायताकै उच्च हो । गत बिहीबार ६४ अंकले नेप्से बढेको थियो । त्यस्तै कारोबार रकम पनि बढेको छ ।
अघिल्लो दिन २१ अर्ब २२ करोडको कारोबार भएकोमा आज २३ अर्ब ५९ करोडको भयो । यो कारोबार रकम पनि गत साउन ११ गतेयताकै उच्च हो ।१८३ कम्पनीको मूल्य बढ्दा ७३ को घट्यो भने ८ को स्थिर रह्यो । व्यापार बाहेक सबै समूहका सूचक बढे ।













