काठमाडौं ।
सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौँमा निरन्तर प्रदर्शन गरिएको छ ।
शुक्रवार काठमाडौँको माइतीघर मण्डलामा भएको प्रदर्शनमार्फत सो जघन्य अपराधको घटनामा संलग्नमाथि कडा कारबाही गर्न र आगामी दिनमा त्यस्तो घटना हुन नदिनका लागि सरकारलाई दबाब दिइएको हो ।
ब्रदरहुड नेपालले आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानुनी व्यवस्था गर्न आवश्यक रहेको धारणा समेत राखेका थिए ।














